सांसद एवं आजपा अध्यक्ष प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौं । प्रतिनिधिसभा सांसद एवं आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु शाहविरु मुद्दा दर्ता भएको छ । साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो ।
केही दिनअघि रौतहट–३ बाट निर्वाचित सांसद साहले आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।
अदालतको अपमान गरेको भन्दै सांसद साहविरुद्ध बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।
आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साह उपर गत शुक्रबार मुद्दा दर्ता भएको हो । साह उपर अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि छ ।
सोही मुद्दामा आज (आइतबार) सुनुवाइ हुँदैछ ।



तपाईको प्रतिक्रिया दिनुहोस