Techie IT
२०८२ फागुन १४, बिहीबार

एमालेबाट निर्वाचित म्याग्दी जिसस प्रमुख सहकारी ठगी अरोपमा पक्राउ


काठमाडौं । म्याग्दी जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनी सहकारी ठगी मुद्दामा पक्राउ परेको म्याग्दी प्रहरी स्रोतले जनाएको छ ।  

प्रमुख थापा र उनको समूहविरुद्ध कुमारी सहकारीको डेढ अर्ब बचत अपचलन गरेको आरोप लागेको छ । गत वर्ष नै सहकारीको बचत उपचलनका मुख्य योजनाकार थापा नै रहेको आरोपसहित प्रतिवेदन प्रहरीले बुझाएको थियो ।

प्रहरीको प्रनिवेदनमा भनिएको छ, ‘थापा र उनको समूह सहकारीको बचत अन्य व्यवसाय, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको पाइएको छ ।’

राजकुमार थापा नेकपा (एमाले)बाट निर्वाचित म्याग्दी जिल्ला समन्वय समिति प्रमुख हुन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट