Techie IT
२०८३ असार २७, शनिबार

क्यानाडाले अमेरिकी उत्पादनमा २५% महसुल लगाउने

प्रधानमन्त्री ट्रुडोले अमेरिकी व्यापार कारबाहीको जवाफमा महसुल वृद्धि घोषणा गर्दै क्यानाडाली रोजगारीको संरक्षण गर्ने प्रतिवद्धता जनाएका छन्।


क्यानाडाले मङ्गलबारदेखि केही अमेरिकी वस्तुहरूमा २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेको छ। प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार दिनुभएको यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार नीतिको जवाफस्वरूप आएको हो ।

प्रधानमन्त्री ट्रुडोले पहिलो चरणमा ३० अर्ब क्यानेडियन डलर बराबरका अमेरिकी वस्तुमा महसुल लागू गरिने र तीन हप्ताभित्र थप एक खर्ब २५ अर्ब क्यानेडियन डलर मूल्यका उत्पादनमा महसुल लगाइने बताएका छन् ।

उनले थप भने, “हामी तनाव बढाउन चाहँदैनौँ तर क्यानाडाली उद्योग र रोजगारीका लागि उभिन बाध्य छौँ।” अमेरिकी बियर, वाइन, बर्बन, फलफूल, तरकारी, काठ, प्लास्टिक र उपभोक्ता उपकरणहरूमा भन्सार महसुल लागू हुनेछ।

ट्रुडोले व्यापार विवादले रोजगारी गुम्ने, खाद्यान्न र पेट्रोलको मूल्य बढ्ने तथा सवारी प्लान्टहरू बन्द हुने सम्भावना रहेको चेतावनी दिएका छन् । अल्बर्टाकी प्रिमियर डेनिएल स्मिथले यो नीतिलाई "पारस्परिक विनाशकारी" भन्दै दुई देशबीचको सम्बन्ध कमजोर बनाउने बताएकी छन् । ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले अमेरिकी भन्सार नीति "ऐतिहासिक विश्वासघात" भएको टिप्पणी गरिन् ।

ओटावामा भएको एनएचएल हकी खेलमा दर्शकहरूले अमेरिकी राष्ट्रिय गानको बेला विरोध जनाएका थिए । ट्रम्पको भन्सार नीति
अवैध आप्रवासन र लागुऔषध समस्यालाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले क्यानाडा, मेक्सिको र चीनमाथि व्यापक भन्सार लगाउने घोषणा गरेका थिए।

ट्रुडोले क्यानाडाले सदैव अमेरिकाको कठिन परिस्थितिमा साथ दिएको उल्लेख गर्दै यस निर्णयले दुई देशबीचको सहकार्यमा धक्का पुर्‍याउने चेतावनी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट