कोसी, मधेस, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज कोसी र मधेस प्रदेशमा सामान्य बदलीको अवस्था रहेको जनाएको छ, भने अन्य प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। दिउँसो देशभर बदली रहने र कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विभागका अनुसार, कोसी, मधेस, वाग्मती, र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने कोसी प्रदेशका तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको र बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावले गर्दा देशभर मनसुनी वायुको प्रभाव कायम रहेको विभागले बताएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस