Techie IT
२०८२ चैत्र ५, बिहीबार

ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी


ललितपुरको कुम्भेश्वरस्थित एक घरमा आज बिहान करिब ९ बजे आगलागी भएको थियो। आगलागी घरको माथिल्लो तलामा सुरु भएको थियो। ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। काठमाडौं महानगरपालिकाको दमकल पनि आगो निभाउन झिकाइएको थियो ।

ललितपुरको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले २५ जना नगर प्रहरी, ३ वटा दमकल र एउटा पानी ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए। आगलागी भएको घरको भुइँतलामा मेडिकल पसल र खाजा तथा मिठाइ पसलहरु थिए। जात्राको दिन परेकाले मिठाइ बनाउने काम भइरहेको बेला दोस्रो तलामा रहेको टिभी कोठाबाट आगो सल्किएको अनुमान गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण अझै खुलिसकेको छैन । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट