पूर्व डीआईजी छविलाल जोशी सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ

सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौँबाट पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका जानकारी दिए अनुसार, उनलाई पोखरा लैजाने तयारी भइरहेको छ।
जोशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक पनि हुन्, जसका प्रबन्ध निर्देशक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने रहेका छन्। सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको उल्लेख गरेको छ। सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राई, लामिछाने, र जोशी व्यापारिक साझेदार रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस