Techie IT
२०८२ चैत्र ८, आइतबार

सूर्यदर्शन सहकारीको अपचलनको अनुसन्धान गर्न सीआईबी पोखरा जाँदै


पोखरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टोली पठाउने निर्णय गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेर दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।

सीआईबीका एआईजी दीपक थापाले भने, “संसदीय छानबिन समितिको सिफारिस अनुसार पूर्णरूपमा अनुसन्धान गर्न काठमाडौँबाट टिम पठाउने निर्णय गरिएको छ।”

पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री रवि लामिछाने र सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) विगतमा राई व्यापारिक साझेदार थिए। उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अवैध तरिकाले आएको निष्कर्ष छ।

लामिछाने गोर्खा मिडियाका निर्देशक थिए र सहकारीबाट अवैध रूपमा ल्याएको करोडौँ रकम उनको हस्ताक्षरमा चेक काटिएको छ। जोशीसँग प्रारम्भिक बयान लिएर प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट