Techie IT
२०८२ असोज २८, मंगलबार

सुशीला कार्कीको नियुक्ति ओलीकै लिखित सिफारिसमा भएको हो : प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको दाबी गरेका छन्।

शुक्रबार राजधानीमा सम्पादकहरूसँग भएको अन्तरक्रियामा प्रचण्डले राष्ट्रिय संकटको अवस्थामा आवश्यकताको सिद्धान्तअनुसार जेनजी युवाको भावना सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको भए पनि, संवैधानिक प्रक्रिया अनुसार सिफारिस ओलीकै रहेको बताएका हुन्।

“कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सिफारिस उहाँ (केपी ओली) नै हुन्,” प्रचण्डले भने, “केपी ओलीको लिखित सिफारिसकै आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। अहिले यो सरकार हावामा बनेको भन्न मिल्दैन, उहाँ नै सिफारिसकर्ता हो।”

उनले आफूहरू सो प्रक्रियाका साक्षी मात्रै रहेको पनि स्पष्ट पारेका छन् ।

प्रचण्डले देश गम्भीर संकट र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधानका लागि सर्वपक्षीय राजनीतिक सहमति आवश्यक रहेकोमा जोड दिए।

“राष्ट्र संकटमा छ भन्नेमा सबैको सहमति देखियो,” उनले भने, “समाधानका लागि राजनीतिक दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवी सबै सम्मिलित राष्ट्रिय सहमति आवश्यक छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट