Techie IT
२०८२ फागुन ८, शुक्रबार

जेनजी युवाहरुका हत्याराहरूले हामीलाई वृद्धाश्रम भन्दैछन् — प्रचण्ड


नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई ‘वृद्धाश्रम’ भनेकोप्रति कडा असन्तुष्टि जनाएका छन्।

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने कार्यक्रममा बोल्दै उनले जेनजी युवाहरूको आन्दोलनमा दमन गर्नेहरूले नै अहिले वृद्धाश्रमको उपमा दिन थालेको भन्दै आक्रोश व्यक्त गरे।

‘जेनजी युवाहरूले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्,’ प्रचण्डले भने, ‘हामी नै ती युवाहरूलाई सम्मान गर्दै, उनीहरूलाई अग्रपंक्तिमा ल्याइरहेका छौँ।’

ओलीले सोमबार एक कार्यक्रममा नेकपाको तुलना वृद्धाश्रमसँग गरेका थिए, जसको प्रचण्डले बुधबार सार्वजनिक रूपमा प्रतिवाद गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट