सांसदहरुको बक्तब्यले संसदकै बेइज्जती भैरहेको छ - डा. अमरेशकुमार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक संस्था र सरकारी निकायमा भइरहेको राजनीतिक हस्तक्षेपप्रति गम्भीर प्रश्न उठाएका छन्।
सेना, प्रहरी र निजामती कर्मचारीको मनोबल गिराउने (हुर्मत लिने) काम भइरहेको दाबी गर्दै उनले सरकारको सुशासन र समृद्धिको रोडम्यापमाथि नै गम्भीर शंका व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै सांसद सिंहले सांसदहरूको गैरजिम्मेवार अभिव्यक्तिका कारण सम्मानित संसद्को गरिमामा समेत आँच आएको टिप्पणी गरेका छन्। केहि दिन देखि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता र सांसदहरुले राज्यका विभिन्न निकायमा गएर कर्मचारीहरुको हुर्मत लिने गरेका भिडियोहरु भाइरल भइरहेका छन् ।
त्यस्तै, पछिल्लो समय राज्यका तर्फबाट भइरहेको व्यापारीहरूको धरपकडका कारण समग्र व्यावसायिक क्षेत्र त्रसित बनेको उनको भनाइ छ। सरकारको परराष्ट्र नीतिप्रतिको अन्तर्राष्ट्रिय विश्वासमा समेत ठूलो संकट (ट्रस्ट डेफिसिट) देखिएको उनले बताएका छन्।
वर्तमान सरकारका यी सबै गतिविधिले देशलाई समृद्धि र सुशासनतर्फ लैजानुको साटो उल्टै पछाडि धकेलिरहेको भन्दै सांसद सिंहले अब गम्भीर भएर सोच्ने बेला आएको उल्लेख गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस