Techie IT
२०८३ श्रावण ३०, शनिबार

सडकबाट सरकार बदल्नेहरूमा न्यूनतम कार्यक्षमता पनि देखिएन - एमाले महासचिव पोखरेल


नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हिजो रास्वपाले चर्को स्वरमा उठाइएका प्रश्नहरूको जवाफ वर्तमान राजनीतिक अवस्थाले खोजिरहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सडकका खाल्डा, सार्वजनिक सेवाको लामो लाइन, मलको अभाव र विदेशिने युवाको लर्कोलगायतका समस्या देखाएर नेतृत्व परिवर्तनको हुटहुटी देखाइएको भए पनि सत्तामा पुगेपछि नयाँ शासकहरूले न्यूनतम कार्यक्षमतासमेत प्रदर्शन गर्न नसकेको टिप्पणी गरेका हुन्।

पोखरेलले हिजो जुन समस्या देखाएर नेतृत्व बदल्न खोजिएको थियो, ती दैनिक समस्याहरू अहिले पनि हल भएका छैनन्। उल्टै भविष्यप्रतिको आशा मर्दै गएको बताएका छन् । देशमा भूराजनीतिक असन्तुलन र असुरक्षा चुलिँदै गएको, साम्प्रदायिक तथा धार्मिक सद्भाव खलबलिँदै गएको र आम नागरिकमा चरम निराशा एवं मानसिक तनाव बढ्दै गएको उनको भनाइ छ।

हिजो अरूलाई दोषी देखाउनेहरू आज सत्तामा पुग्दा पनि असफल भएकाले अब अरूलाई दोष थोपरेर उम्किने छुट कसैलाई नरहेको पोखरेलले स्पष्ट पारेका छन्।

निकासका लागि चारबुँदे सुझाव
देशलाई वर्तमान सङ्कटबाट पार लगाउन महासचिव पोखरेलले चारवटा मुख्य विषयमा जोड दिएका छन्:
१. आर्थिक सबलीकरण: देश आर्थिक रूपमा सबल नभई आधारभूत समस्या पूर्ण रूपमा समाधान हुँदैनन् भन्ने यथार्थ स्वीकार गरी इमानदार पहलकदमी लिइनुपर्छ।
२. सन्तुलित विकास: दैनिक समस्याको गाँठो फुकाउँदै विकास र समृद्धिका दीर्घकालीन योजनाहरू सँगसँगै अघि बढाइनुपर्छ।
३. सहमति र सहकार्य: सङ्कटको बेला एक्लै हिँड्ने हठ त्याग गरी सबै पक्षबीच सहमति र सहकार्यको राजनीति अपरिहार्य छ।
४. कानुनको पालना: प्रशासनिक र सुरक्षा निकायलाई विश्वासमा लिएर संविधान तथा कानुनको प्रभावकारी पालना र सुधारमा जोड दिइयोस्।

यति गर्न सके सडकबाट सरकार बदल्नुपर्ने नियति दोहोरिने छैन भन्ने  पोखरेलले निष्कर्ष छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट