सभापति लामिछानेद्वारा सांसद र मन्त्रीहरूसँग आपतकालीन बैठक आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूबीचको दूरी बढेपछि आज छलफलका लागि बैठक आह्वान गरेका छन् । प्रतिनिधिसभामा मन्त्रीहरू र पार्टीकै सांसदहरूबीच आन्तरिक असन्तुष्टि र दूरी बढेको गुनासो आएपछि सभापतिले यो कदम चालेका हुन्।
पार्टीकी केन्द्रीय सदस्य लिमा अधिकारीका अनुसार आज बिहान ११ बजे संसदीय दलको कार्यालयमा सबै मन्त्री तथा सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि खबर गरिएको छ। यस बैठकमा सभापति लामिछानेले विशेष गरी पार्टीका सांसद तथा मन्त्रीहरूलाई पदीय मर्यादा पालना गर्न र शिष्टाचार कायम राख्न निर्देशन दिने कार्यक्रम रहेको छ।
साथै, सरकारको कार्यशैलीलाई थप जनमुखी र प्रभावकारी बनाउने तथा संसद्मा पार्टीको भूमिकालाई अझ मजबुत रूपमा प्रस्तुत गर्ने विषयमा समेत गम्भीर समीक्षा हुने बताइएको छ। पछिल्लो समय पार्टीभित्र देखिएको यस प्रकारको आन्तरिक असहजताले राजनीतिक वृत्तमा समेत चासोका साथ हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस