Techie IT
२०८३ भाद्र २३, मंगलबार

सम्पर्कविहीन इञ्जिनियर विष्टको परिवारलाई महासचिव पोखरेलले दिए सान्त्वना


भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका मेकानिकल इञ्जिनियर विष्टको परिवारलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल महोत्तरी पुगेका छन्। 

बाढीका कारण रसुवाबाट सम्पर्कविहीन भएका बर्दिबास नगरपालिका–३ गौरीडाँडाका मेकानिकल इञ्जिनियर शौभाग्य विष्टको परिवारलाई भेटेर महासचिव पोखरेलले सान्त्वना प्रकट गरेका हुन्।

अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत इञ्जिनियर विष्ट बाढी आएदेखि नै बेपत्ता छन्। लामो समय बितिसक्दा पनि उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआएपछि परिवार गहिरो चिन्ता र पीडामा छ।

भेटका क्रममा शौभाग्यका पिता ध्रुव विष्टले छोराको अवस्था अझै अज्ञात रहँदा आफूहरू ठूलो मानसिक पीडामा रहेको बताए। उनले सरकारले खोज तथा उद्धार कार्यमा पर्याप्त गम्भीरता र तीव्रता नदिएको भन्दै आक्रोशसमेत पोखेका थिए । साथै, परिवारले इञ्जिनियर विष्टको खोजीकार्य प्रभावकारी बनाउनका लागि पहल गरिदिन महासचिव पोखरेलसँग जोडदार आग्रह गरेको छ।

परिवारको पीडा र गुनासो सुनेपछि महासचिव पोखरेलले बेपत्ता इञ्जिनियरको खोजीका लागि सरकारका सम्बन्धित निकायसँग तुरुन्त समन्वय गर्ने आश्वासन दिएका छन्। उनले उद्धार तथा खोजी कार्यलाई थप तीव्र बनाउन आवश्यक सबै किसिमका पहल गर्ने प्रतिबद्धता जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट