राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । लामिछाने राष्ट्रपतिलाई भेट्न आज शीतल निवास पुगेका हुन् ।
भेटका क्रममा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।
यसअघि हिजो प्रधानमन्त्री बालेन शाह र लामिछानेबिच पनि भेटवार्ता भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस