Techie IT
२०८३ असार २९, सोमबार

राजावादीको गतिविधिमा देशी–विदेशीको चलखेल : प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको गतिविधि बढ्नुमा देशी तथा विदेशीको चलखेल मिसिएको दाबी गरेका छन् । 

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् । उनले वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनःस्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लिएको बताए ।

‘सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ प्रचण्डले भने ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट