सत्ताको ड्राइभर नै विचौलिया : प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको ड्राइभर नै विचौलिया भएको अरोप लगाएका छन् ।
आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
यसका साथै उनले पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा विचौलियाको हस्तक्षेप भएको आरोप लगाएका हुन् ।
‘म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला ८ महिनामा एउटै नीति, निर्णय र नियुक्ति मलाई भनिदिनुस् जसका पछाडि विचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ,’ प्रचण्डले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस