शान्ति आदर्श क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका धामी सर्वसम्मत चयन
काठमाडौं । शान्ति आदर्श क्याम्पस बझाङको स्ववियु सभापतिमा बम धामी सर्वसम्मत चयन भएका छन् ।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बझाङका अध्यक्षसमेत रहेका धामी उक्त क्याम्पसको स्ववियु सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)का बबीन सिंह उपसभापतिमा चयन भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का शान्ति बोहरा सचिवमा चयन भएकी छन् ।
नेकपा (एमाले) निकट अनेरास्ववियुकी मनिसा खवास सहसचिवमा चयन भएकी छन् । विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)का शमशेर जाग्री कोषाध्यक्षमा चयन भएका छन् ।
सदस्यहरूमा नेविसंघकी सरस्वती जाग्री, अनेरास्ववियूकी शान्ति नेपाली झलका बुढा, अनेरास्ववियुका समित सिंह, अनेरास्ववियु (क्रान्तिकारी)की कल्पना दर्जी र सपनाकुमारी जप्रेल सर्वसम्मत चयन भएका छन् ।
जुगल बहुमुखी क्याम्पस सिन्धुपाल्चोकमा पनि अखिल (क्रान्तिकारी)की सुस्मिता श्रेष्ठ स्ववियु सभापतिमा सर्वसम्मत चयन भएकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस