Techie IT
२०८३ असार २९, सोमबार

संसद्‌मा सत्तापक्षका मन्त्री र सांसदहरू नै गैरजिम्मेवार, बारम्बार प्रतिपक्षीसँग मुकाबिला


काठमाडौं । प्रतिनिधिसभाको आज (बुधबार)को बैठक प्रारम्भ हुनेबित्तिकै स्थगन भएको थियो । 

सभाको आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थिति बिना बैठकको कामकारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गरे ।  

सांसद पाण्डेले भने, ‘सरकारले सदनलाई हेपिरहेको छ, संसदमा सरकारको प्रतिनिधि कोही पनि हुनुहुन्न्, हामी समिति र उपसमितिको बैठकमा जान्छौँ, प्रतिपक्षी दल उपस्थित हुन्छ, तर सरकारको प्रतिनिधि हुँदैनन्, सरकारको उपस्थिति नभइकन आजको यो बैठकको गतिविधि अघि नबढाइयोस्’

त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगत गरेका थिए । त्यसपछि पुनः बैठक आरम्भ भएको छ । बैठकको आरम्भमै प्रतिपक्षी सांसदहरूले सत्तापक्षका सांसद लक्षित अभिव्यक्ति दिएपछि उनीहरू प्रतिवादमा उत्रिएका थिए । 

त्यसपछि ६ मिनेटसम्म बैठकमा सत्ता र प्रतिपक्षी सांसदहरूबीच भनाभन भएको थियो । तर, सभामुख देवराज घिमिरेले बोल्नका लागि दुवै पक्षका सांसदलाई माइक दिएपनि आवज बन्द गरिएको थियो । 

अहिले बैठक जारी छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट