Techie IT
२०८२ असोज ८, बुधबार

एकीकृत समाजवादीले आन्दोलन गर्दै


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर उले पहिलो चरणको आन्दोलन घोषणा गरेको हो ।

समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूबीच सहकार्य र एकताको अभियान पनि भएको पार्टी महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले जानकारी दिए । 

उनका अनुसार एकीकृत समाजवादीले चैत २ देखि ६ गतेसम्म मातहत कमिटीहरूमा छलफल गर्ने, चैत ७ देखि १५ गतेसम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ संगठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव संकलन गर्ने र चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको भुसालले बताए ।

यस्तै, चैत मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने कार्यक्रम तय भएको छ ।

वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन, वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने कार्यक्रम रहेको छ । 

वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने उनले जानकारी दिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट