Techie IT
२०८२ असोज ४, शनिबार

राजतन्त्र फर्कने सम्भावना छैन - डा प्रकाशशरण महत


सप्तरी  । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।

यहाँको राजविराजस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले  नेपाली जनतालाई राजाले पटकपटक धोका दिएका कारण अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए ।

उनले भने, “नेपाली जनताले राजतन्त्रबाट विभिन्न कालखण्डमा धोका मात्र पाएका छन्, अब फेरि राजतन्त्रलाई जनताले स्वीकार्ने छैनन् ।”  विद्यमान सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहे पनि शासन शैलीमा भएका कमीकमजोरी सुधार्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डललगायतको उपस्थिति थियो ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट