Techie IT
२०८२ श्रावण १४, बुधबार

पोखरामा भेटिएका हायू परिवार प्रहरीमार्फत आफन्तको जिम्मामा


सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरामा फेला परेका छन्। सोमबार राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका उनीहरूलाई प्रहरीले मंगलबार आफन्तको जिम्मा लगाएको छ।

प्रहरीका अनुसार भेटिएकामध्ये धनबहादुर र अमिस तामाङको जिम्मा लगाउने काम वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायत स्थानीय प्रतिनिधिहरूको रोहबरमा गरिएको हो।

हायू परिवारका १६ जना साउन १० गते राति अचानक घर छोडेर बेपत्ता भएका थिए। परिवारका १६ जना बेपत्ता भएको भनिए पनि पोखरामा १९ जना फेला परेका छन्। भेटिएकामध्ये बाँकी तीनजना नातेदार रहेको प्रहरीको भनाइ छ।

घटना सार्वजनिक भएपछि सिन्धुली, रामेछाप र कास्कीका प्रशासनिक निकायहरूले संयुक्त रूपमा खोजी थालेका थिए। खोजतलासपछि उनीहरू पोखराको एक होटलमा बसेको पत्ता लागेको थियो भने अन्ततः गगनगौंडास्थित स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा शरण लिइरहेको अवस्थामा फेला परेका हुन्।

उनीहरूले स्थानीयलाई आफूहरू ज्यामी काम गर्न आएका बताउँदै शरण मागेका थिए। प्रहरी अनुसन्धान अनुसार, उनीहरूले छेत्पामा बारम्बार बिरामी परेकाले गाउँ छोडेको र अब फर्किन नचाहने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट