Techie IT
२०८२ भाद्र ३१, मंगलबार

दसैँमा फोन अफ नगर्न खानेपानी कर्मचारीलाई मन्त्रीको निर्देशन


RSS

काठमाडौँ, २३ असोज: खानेपानीमन्त्री प्रदीप यादवले दसैँलगायतका चाडपर्वमा पनि खानेपानी सेवामा सतर्कता अपनाउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज आयोजित वडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले जनतालाई चाडपर्वका समयमा पनि अविच्छिन्न खानेपानी सेवा दिन आग्रह गर्दै कर्मचारीलाई फोन अफ नगर्न निर्देशन दिएका छन् ।

उहाँले भन्नुभयो, “हामी जनताको सेवा गर्ने सेवक हौँ। पानी मानव जीवनको आधार हो, र चाडपर्वमा समेत यसको आवश्यकतामा कमी आउँदैन। त्यसैले कुनै असुविधा आएमा तुरुन्तै समस्या समाधान गर्न सकियोस् भन्ने हेतुले सबै राष्ट्रसेवकले फोन खुला राख्नु आवश्यक छ।”

मन्त्री यादवले अहिलेको विपद्को समयलाई ध्यानमा राख्दै थप सम्भावित समस्याहरूको समाधान गर्न काठमाडौँ उपत्यकामा मेलम्चीको पानीको निरन्तर अनुगमन र व्यवस्थापनमा पनि गम्भीर हुन निर्देशन दिनुभएको छ। यसै सन्दर्भमा उहाँले केयुकेलका कर्मचारीहरूलाई पानी वितरणको अवस्था र जनताका आवश्यकता अनुरूप सेवा पुर्‍याउन सचेत रहन आग्रह गर्नुभयो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट