Techie IT
२०८३ असार २७, शनिबार

नेपाली सेनाद्वारा कञ्चनपुर र नुवाकोटमा ३९ जनाको सकुशल उद्धार


नेपाली सेनाले अविरल वर्षाका कारण कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–स्थित जोगबुढा नदीमा आएको बाढीबाट डुबानमा परेका २५ जनाको सकुशल उद्धार गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, बाढीले नदीको तटबन्ध भत्काई जग्र्गा टोल र ट्यापु गाउँमा पस्दा फसेका नौ पुरुष, ११ महिला र पाँच बालबालिकालाई रबर बोटसहितका उद्धार सामग्री प्रयोग गरी सुरक्षित स्थानमा पु¥याइएको हो। उद्धार कार्यमा कञ्चनपुरस्थित रणसिंह दल गणको टोली खटिएको थियो।

त्यसैगरी सेनाले नुवाकोटको शिवपुरी गाउँपालिका–४ पिङ्क हाइट क्षेत्रमा हाइकिङका क्रममा बाटो बिराई हराएका १४ जनालाई पनि आइतबार राति सकुशल उद्धार गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट