जेनजी आन्दोलनमा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझे
शिक्षण अस्पतालमा अझै १९ शवको पोस्टमार्टम बाँकी छ

जेनजी प्रदर्शनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन्। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शव बुझाइ भएको जानकारी उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताएका छन् ।
भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन्। त्यस्तै, शिक्षण अस्पतालमा अझै १९ शवको पोस्टमार्टम बाँकी छ भने ५ शव पोस्टमार्टम भइसकेको भए पनि आफन्तले बुझेका छैनन्। आगजनीमा वा नयाँ बानेश्वरमा प्रहरीसँग झडप हुँदा मृत्यु भएका ८ शवको पहिचान अझै खुलेको छैन।
गृह मन्त्रालयले मृतकहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। कस्तो प्रकारको सम्मान दिने भन्ने विषय मन्त्रिपरिषद्बाट निर्णय हुने बताइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका १२ जनाको पहिचान खुलेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस