Techie IT
२०८२ असोज ३, शुक्रबार

म नेपो बेबी होइन, सेल्फ मेड हुँ - पूर्वमिस नेपाल खतिवडा


पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमार्फत् आलोचकहरुलाई तीखो जवाफ दिएकी छन्। आफूलाई ‘नेपो बेबी’ भन्दै गरिएको दुष्प्रचारलाई उनले तथ्य र प्रमाणसहित खण्डन गरेकी छन्।

भावविव्हल देखिएकी श्रृंखलाले मुख्यत: पिताको राजनीतिक हैसियत दुरुपयोग गरेको भन्ने आरोपबारे प्रष्ट पार्दै आफू ‘सेल्फ मेड’ भएको दाबी गरिन्। उनले भनिन्, “मैले करदाताको पैसा प्रयोग गरेकी छैन, अमेरिकामा पनि आफ्नै कमाइ खर्च गरेर पढेकी हुँ।”

उनका अनुसार मिस नेपाल भएपछि विभिन्न ब्रान्डहरूमार्फत उनले करिब तीन करोड १२ लाख रुपैयाँ कमाएकी थिइन्। हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्दा करिब एक करोड ४० लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिइन्।

लक्जरी जीवनशैलीबारे उठेका प्रश्नसमेत खारेज गर्दै श्रृंखलाले भनिन्, “मिस नेपाल हुनु अघि मेरो जीवन एकदम साधारण थियो। मैले पढेका स्कुल, लगाउने लुगा र बानी सबै सामान्य थिए। कुनै विशेषाधिकार पाएको अनुभव मलाई छैन।”

समाजमा भैरहेको ट्रोल र हल्लाप्रति आक्रोश व्यक्त गर्दै उनले थपिन्, “महिलालाई बोक्सीको आरोप लगाउनु जत्तिकै गलत यो व्यवहार हो। तपाईंहरूले लगाएका आरोपहरू केवल अनुमान हुन्, कुनै प्रमाण छैन। लाइक र भ्यूजको दौडमा मानवता गुमिरहेको देख्दा दुःख लाग्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट