Techie IT
२०८२ माघ १५, बिहीबार

४५औँ विश्व खाद्य दिवस आज विविध कार्यक्रम सहित मनाइदै


सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ।

कृषि विभागले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घ–संस्थाको समन्वयमा दिवस मनाउने तयारी गरेको हो। यस वर्षको दिवस ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ मनाइँदैछ।

कार्यक्रमका लागि कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। सञ्जेलका अनुसार खाद्य वस्तु प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर तथा सन्देश प्रकाशन–प्रसारणलगायत गतिविधि सञ्चालन गरिने तयारी गरिएको छ।

उनका अनुसार भोकमरी पीडित वर्गको उत्थानका लागि हुने गतिविधिलाई प्रवर्द्धन गर्न यस दिवसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। दिवसका अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घ–संस्थासँगको सहकार्यमा प्रचार–प्रसार, अन्तरक्रिया, लेख–रचना प्रकाशन र विविध कार्यक्रम आयोजना गरिनेछ।

कृषि विभागले हरेक वर्ष अक्टोबर १६ मा यो दिवस मनाउँदै आएको छ। सन् १९७९ नोभेम्बरमा संयुक्त राष्ट्रसंघको २०औँ साधारणसभाले सङ्गठनको स्थापना दिवसका अवसरमा खाद्य दिवस मनाउने निर्णय गरेपछि सन् १९८१ देखि यो दिवस मनाउन थालिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट