Techie IT
२०८३ भाद्र २३, मंगलबार

उच्च अदालतका न्यायाधीश रेग्मीको निधन


पाटन उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मी बुधबार निधन भएका छन्। ६१ वर्षका रेग्मी मस्तिष्क क्यान्सरबाट पीडित थिए।उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यका अनुसार, न्यायाधीश रेग्मी नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा उपचारको क्रममा निधन भएका हुन्।

न्यायिक सेवामा सहायक सचिव रहेका रेग्मीलाई २०७७ सालमा पाटन उच्च अदालतको न्यायाधीशको रूपमा नियुक्त गरिएको थियो। आचार्यले थप जानकारी दिँदै भने, रेग्मीको अन्तिम संस्कार आज बिहान पशुपति आर्यघाटमा गरिएको छ।

न्यायाधीश रेग्मीको निधनको शोकमा पाटन उच्च अदालतका आजका निर्धारित कार्यक्रमहरू स्थगित गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट