Techie IT
२०८३ भाद्र १७, बुधबार

सर्लाहीमा युवकले गरे श्रीमतीको हत्या, बुबालाई गोली प्रहार


सर्लाहीको हरिपूर्वामा एक युवकले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेका छन्। हरिपूर्वा नगरपालिका-५ का धिरेन्द्र रायले आज बिहान २३ वर्षीया श्रीमती चित्ररेखा यादवलाई सुतिरहेको अवस्थामा गोली प्रहार गरी हत्या गरेका हुन्। घटना पारिवारिक विवादकै कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

रायले आफ्ना बुबा दिनेश यादवलाई पनि गोली हानेका छन्, जसबाट उनको बाँया हातमा चोट लागेको छ। दिनेशको अवस्था सामान्य छ। वैदेशिक रोजगारीबाट एक महिना अघि फर्किएका रायले घरको सबैलाई मार्ने धम्की दिने गरेको प्रहरीको भनाइ छ।

प्रहरीले राय र उनको साथमा रहेका अन्य व्यक्तिहरुको खोजी जारी राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट