हेटौँडा–कुलेखानी सडक भोलि बाट सञ्चालनमा आउने

गत ११ र १२ असोजमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक भोलि आइतबार दिउँसोबाट पुनः सञ्चालनमा आउने भएको छ। यस सडकखण्डमा कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले बगाएको सडकको मर्मतपछि यातायात सुचारु गर्ने तयारी गरिएको हो।
सडक मर्मत र डाइभर्सन निर्माण
यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले फाखेल सडकखण्डमा भएका अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार, आइतबार दिउँसो १ बजेबाट सवारीसाधन निर्वाध रूपमा सञ्चालन गरिनेछ। कुलेखानी ड्याममुनि बाढीले क्षति पुर्याएको पुलको पहुँच मार्गभन्दा केही तलबाट डाइभर्सन बनाइएको छ, जुन शनिबार रातिसम्ममा पूरा हुने उनले जानकारी दिए।
यस्तै, महालक्ष्मी खोलाले बगाएको सडकमा पनि आवश्यक मर्मत र अप्ठ्यारो ठाउँमा डाइभर्सन बनाइएको छ। शनिबार केही मोटरसाइकल सञ्चालनमा आइसकेका छन् भने सोही सडकखण्डमा फसेका सवारीसाधनहरू पनि गन्तव्यतर्फ लाग्न थालेका छन्।
कुलेखानी–सिस्नेरी सडक सोमबारसम्म सञ्चालन नहुने
कुलेखानी–सिस्नेरी सडक खण्ड भने पर्सि सोमबारसम्म अवरुद्ध नै रहने भएको छ। बाढीले सडक बगाएको ठाउँमा तत्कालै बाटो निर्माण गर्न नसकिने भएकाले सवारीसाधन खोलाको बाटो हुँदै सञ्चालन गरिने व्यवस्था मिलाउने प्रयास भइरहेको निर्देशक पोखरेलले बताए।
उच्चस्तरीय निरीक्षण
कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडकखण्डको मर्मत र यातायात सञ्चालनको तयारी बुझ्न शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद चिलुवाल, र मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काको टोलीले फाखेल महालक्ष्मीको निरीक्षण गरेको थियो।
चितवनमा रवि लामिछाने माथि ढुंगामुढा प्रहार, ४ जना घाईते
तपाईको प्रतिक्रिया दिनुहोस