Techie IT
२०८३ वैशाख ३१, बिहीबार

विश्वकपमा इंग्ल्यान्डविरुद्ध नेपाल: लक्ष्य १८५ रन, ऐरी–नन्दनको बलिङ चम्कियो


आइसीसी पुरुष टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इङ्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन जोडेको छ ।

इङ्ल्यान्डका लागि कप्तान ह्यारी ब्रुक र जेकोब बेथेलले अर्धशतकीय पारी खेले। ३५ बल खेलेका बेथेलले ४ छक्का र ४ चौका प्रहार गर्दै ५५ रन बनाएका थिए। ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए। यस्तै, विल ज्याक्सले अविजित ३९ रन बनाए, १८ बलमा ४ छक्का प्रहार गर्दै इंग्ल्यान्डको इनिङ्स उकासे। जोस बटलरले २६ रनमा पारी समाप्त गरे।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक-एक सफलता हात पारे।

नेपाल समूह ‘सी’ मा छ, जहाँ इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड पनि छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट