Techie IT
२०८२ माघ २५, आइतबार

इंग्ल्याण्डविरुद्ध नेपालको फितलो सुरुवात


आइसिसी टी-२० विश्वकप अन्तर्गत इंग्ल्याण्डविरुद्धको महत्वपूर्ण खेलमा नेपालले चुनौतीपूर्ण सुरुवात गरेको छ। मुम्बईको ऐतिहासिक वानखेडे रंगशालामा १८५ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले पावर प्लेभित्रै आफ्ना दुवै ओपनरलाई गुमाएको छ।

नेपालले ३.५ ओभरमा आशिफ शेख र ५.३ ओभरमा कुशल भुर्तेललाई गुमाएपछि टोली दबाबमा परेको हो।

इंग्ल्याण्डका स्पीनर लियाम डसनको बलमा ठूलो सट खेल्ने प्रयास गर्दा आशिफ मार्क उडको हातबाट क्याच आउट भएका हुन् भने छैटौं ओभरको तेस्रो बलमा विल ज्याक्सले कुशललाई पेभिलियनको बाटो देखाए।

ओपनर द्वय बाहिरिएपछि अहिले क्रिजमा कप्तान रोहित पौडेल र आक्रामक ब्याटर दीपेन्द्रसिंह ऐरी सम्हालिएर खेलिरहेका छन्।

ताजा स्थिति अनुसार, ८ ओभरको खेल जारी रहँदा नेपालले २ विकेटको क्षतिमा ६४ रन बनाएको छ। नेपाललाई जीतका लागि अझै पनि बलियो साझेदारी र रन रेटमा तीव्रता दिनुपर्ने चुनौती छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट