गोल गर्न चुके रोनाल्डो, कोलम्बियाको दबाबका बीच पोर्चुगल रोकियो
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम तथा निकै रोमाञ्चक खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन्। मियामीस्थित हार्ड रक स्टेडियममा भएको प्रतिस्पर्धामा दुवै टोलीले गोलका उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा चुक्दा अङ्क बाँड्न बाध्य भए।
खेलभरि कोलम्बियाले पोर्चुगलमाथि कडा दबाब सिर्जना गरेको थियो। पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समेत कोलम्बियाको रक्षापङ्क्ति तोड्न असफल रहे। खेलको ९०औँ मिनेटमा कोलम्बियाले गोल गर्ने एउटा स्वर्णिम अवसर गुमाएको थियो। दुवै पक्षका गोलकिपरहरूले उत्कृष्ट बचाउ (सेभ) गर्दै आ-आफ्नो टोलीको संकट टारेका थिए।
यस बराबरीसँगै दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरणका ३ खेलबाट ७ अङ्क जोड्दै कोलम्बिया समूह ‘के’ को विजेता बन्यो। समान खेलबाट ५ अङ्क जोडेको पोर्चुगल उपविजेताका रूपमा अन्तिम ३२ मा पुग्न सफल भयो।
अब नकआउट चरणमा समूह विजेता कोलम्बियाले घानाको सामना गर्नेछ भने उपविजेता पोर्चुगलले बलियो प्रतिद्वन्द्वी क्रोएसियाको चुनौतीको सामना गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस