Techie IT
२०८३ भाद्र २६, शुक्रबार

मेसी बिना नै चम्कियो अर्जेन्टिना, लो सेल्सो र मार्टिनेजको गोलमा जोर्डनविरुद्ध दोहोरो अग्रता


फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत जारी अन्तिम खेलमा साविक विजेता अर्जेन्टिनाले जोर्डनविरुद्ध २ - ० को बलियो सुरुवाती अग्रता बनाएको छ। टेक्ससको डल्लास स्टेडियममा भइरहेको यस प्रतिस्पर्धामा अर्जेन्टिनाले खेलको सुरुदेखि नै जोर्डनमाथि पूर्ण दबाब कायम राखेको छ।

कप्तान लियोनेल मेसीविना नै मैदान उत्रिएको अर्जेन्टिनाका लागि खेलको १९औँ मिनेटमा मिडफिल्डर जिओभानी लो सेल्सोले फ्रि-किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३१औँ मिनेटमा जोर्डनका डिफेन्डरले डी-बक्सभित्र फल गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (VAR) को सहायता लिँदै अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई स्टार स्ट्राइकर लाउतारो मार्टिनेजले सहजै गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन्।

यसअघि नै लगातार दुई खेल जित्दै अन्तिम ३२ (नकआउट चरण) मा स्थान सुरक्षित गरिसकेको अर्जेन्टिना यस खेलमा पनि जित निकाल्दै शतप्रतिशत नतिजाका साथ समूह चरणको अन्त्य गर्ने दाउमा देखिएको छ। अर्कोतर्फ, यसअघि नै प्रतियोगिताको समूह चरणबाट बाहिरिइसकेको जोर्डन भने सान्त्वना नतिजाको खोजीमा संघर्ष गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट