Techie IT
२०८३ भाद्र २६, शुक्रबार

मेसीको अभूतपूर्व कीर्तिमान, जोर्डनलाई ३-१ ले हराउँदै अर्जेन्टिना शतप्रतिशत नतिजासहित नकआउटमा

विश्वकप इतिहासमा सर्वाधिक १९ गोल गर्ने खेलाडी


स्टार स्ट्राइकर तथा कप्तान लियोनेल मेसीले खेलको उत्तरार्धमा कीर्तिमानी गोल गरेपछि साविक विजेता अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। टेक्ससको डल्लास स्टेडियममा भएको समूह ‘जे’ को अन्तिम खेलमा जित निकालेसँगै अर्जेन्टिना ९ अङ्कका साथ शतप्रतिशत नतिजा निकाल्दै समूह विजेताको रूपमा नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ।

खेलको १९औँ मिनेटमा मिडफिल्डर जिओभानी लो सेल्सोले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा प्राप्त पेनाल्टीलाई स्ट्राइकर लाउतारो मार्टिनेजले गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए। खेलको ५५औँ मिनेटमा जोर्डनका मुसा अल तमारीले एक गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याए पनि ८०औँ मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे।

मेसीका दुई ऐतिहासिक कीर्तिमान: यस खेलमा गोल गरेसँगै लियोनेल मेसीले विश्वकप इतिहासमा दुई अभूतपूर्व कीर्तिमान आफ्नो नाममा लेखेका छन्। उनी विश्वकपका लगातार ७ खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। यसका साथै, विश्वकप इतिहासमा सर्वाधिक १९ गोल गर्ने खेलाडी बन्दै उनले आफ्नै पुरानाे कीर्तिमान समेत भङ्ग गरेका छन्।

यस गोलसँगै जारी विश्वकपमा ६ गोल पूरा गरेका मेसी ‘गोल्डेन बुट’ को दौडमा दुई गोलको अग्रतासहित सबैभन्दा बलियो दाबेदार बनेका छन्। अर्कोतर्फ, पहिलो पटक विश्वकप खेलिरहेको डेब्यु टोली जोर्डनले हारका बावजुद साविक विजेता विरुद्ध जुझारु खेल प्रदर्शन गर्दै प्रतियोगिताबाट बिदा लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट