Techie IT
२०८३ असार १७, बुधबार

मेस्सीको कीर्तिमान ध्वस्त पार्ने सङ्घारमा एम्बाप्पे

मलाई विश्वास छ, लियो (मेस्सी) ले अझै गोल गर्नेछन्। त्यसैले म कीर्तिमानको पछि अन्धो भएर लाग्दिनँ


विश्वकप फुटबलको इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालीन कीर्तिमानको दौडमा फ्रान्सेली सुपरस्टार किलियन एम्बाप्पे अर्जेन्टिनी जादुगर लियोनल मेस्सीको निकै नजिक पुगेका छन्। तर, व्यक्तिगत कीर्तिमानको कीर्तिभन्दा एम्बाप्पेको सम्पूर्ण ध्यान जुलाई १९ मा न्युयोर्कमा हुने फाइनल भिडन्त र विश्वकप ट्रफी रक्षा गर्नेतर्फ मात्र केन्द्रित देखिएको छ।

जारी विश्वकपको अन्तिम ३२ को खेलमा स्वीडेनलाई ३-० ले पाखा लगाउने क्रममा एम्बाप्पेले दुई विष्फोटक गोल गरेका थिए । यो सँगै विश्वकप इतिहासमा उनको कुल गोल सङ्ख्या १८ पुगेको छ, जुन मेस्सीको नाममा रहेको सर्वाधिक १९ गोलको सर्वकालीन कीर्तिमानभन्दा मात्र एक गोलले पछि हो। जारी विश्वकपमा समेत यी दुवै महानायकहरू ६-६ गोल गर्दै गोल्डेन बुटको दौडमा संयुक्त रूपमा शीर्ष स्थानमा छन्।

विश्वकपका १८ खेलमा १८ नै गोल गर्ने अनौठो र लोभलाग्दो स्ट्राइक रेट कायम गरेका २४ वर्षीय एम्बाप्पेले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो भोक व्यक्तिगत रेकर्डमा नभएको स्पष्ट पारेका छन् ।

"मैले पहिले पनि भनेको थिएँ, हाम्रो एकमात्र लक्ष्य भनेको च्याम्पियन बन्नु हो। हाम्रो अन्तिम योजना जुलाई १९ को फाइनल खेल्नु र विश्वकपको ट्रफी उचाल्नु मात्र हो," एम्बाप्पेले भने।

मेस्सीसँगको तुलनाबारे सोधिएको प्रश्नमा उनले थपे, "पक्कै पनि तपाईँले जति धेरै गोल गर्नुहुन्छ, गोलकर्ताको सूचीमा त्यति नै माथि पुग्नुहुन्छ। तर मलाई विश्वास छ, लियो (मेस्सी) ले अझै गोल गर्नेछन्। त्यसैले म कीर्तिमानको पछि अन्धो भएर लाग्दिनँ। मेरो ध्यान हामीले सामना गर्ने प्रतिद्वन्द्वी र टोलीको जितमा मात्र केन्द्रित छ।"

अबको समीकरण अनुसार मेस्सीको अर्जेन्टिनाले शुक्रबार कमजोर मानिएको केप भर्डको सामना गर्दैछ भने फ्रान्सले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न पाराग्वेको चुनौती पन्छाउनुपर्नेछ। यो खेल जित्ने टोलीले सेमिफाइनल प्रवेशका लागि आयोजक क्यानडा वा मोरक्कोमध्ये एकसँग सिङ्गो थाप्नुपर्नेछ।

एम्बाप्पेले विश्वकपको यो मोडमा आइपुगेपछि कुनै पनि प्रतिद्वन्द्वीलाई हल्का रूपमा लिन नसकिने चेतावनी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट