रोनाल्डो र रामोसको गोलमा पोर्चुगल प्रि-क्वार्टरफाइनलमा
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल प्रतियोगिताको प्रि-क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न रोमाञ्चक भिडन्तमा पोर्चुगलले क्रोएसियामाथि २-१ गोल अन्तरको पुनरागमन जित निकालेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै नाटकीय रह्यो । खेलको ५३औँ मिनेटमा इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको पोर्चुगलका लागि ६८औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको इन्जुरी समय पोर्चुगलका लागि भाग्यशाली सावित भयो । खेलको ९४औँ मिनेटमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए । खेलको अन्तिम क्षणमा क्रोएसियाले गोल गरे पनि रेफ्रीले त्यसलाई मान्यता दिएनन्, जसका कारण क्रोएसिया स्तब्ध बन्न पुग्यो । त्यसपछि खेलमा थप गोल हुन सकेन र पोर्चुगलले अन्तिम १६ को यात्रा तय गर्यो ।



तपाईको प्रतिक्रिया दिनुहोस