Techie IT
२०८३ असार २०, शनिबार

विश्वकपमा अर्जेन्टिनालाई केप भर्डको बलियो टक्कर, खेल अतिरिक्त समयमा


फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको रोमाञ्चक भिडन्तमा साविक विजेता अर्जेन्टिना र केप भर्डबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ। निर्धारित ९० मिनेटको समयसम्म दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णयका लागि ३० मिनेटको अतिरिक्त समय थपिएको हो।

खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीको उत्कृष्ट गोलमार्फत अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो। तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै केप भर्डका डेरोय डुआर्टेले ५९औँ मिनेटमा गोल गरेर खेललाई १–१ को बराबरी स्थितिमा ल्याए।

त्यसपछि अर्जेन्टिनाले केप भर्डलाई लगातार दबाबमा राख्दै तीव्र आक्रमण गरे पनि गोल गर्न सकेन। केप भर्डका गोलकिपर र डिफेन्डरहरूले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनाका हरेक प्रहारलाई विफल तुल्याइदिएपछि खेल थप रोमान्चक र तनावपूर्ण बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट