Techie IT
२०८३ असार २०, शनिबार

अतिरिक्त समयमा अर्जेन्टिना २-१ ले अघि


फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत जारी तनावपूर्ण खेलमा साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको सुरुआतमै गोल गर्दै केप भर्डेविरुद्ध पुनः २–१ को महत्त्वपूर्ण अग्रता बनाएको छ। मियामी स्टेडियममा निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

थपिएको समयको सुरुआतमै अर्थात् ९२औँ मिनेटमा अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेजले आकर्षक गोल गर्दै टोलीलाई पुन: खेलमा अगाडि बढाएका हुन्।

यसअघि, खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले सानदार गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको ५९औँ मिनेटमा केप भर्डेका रायन मेन्डेसको उत्कृष्ट पासमा डेरोय डुआर्टेले गोल गरेपछि खेल १–१ को रोमाञ्चक स्थितिमा पुगेको थियो।

निर्धारित समयमा केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले अर्जेन्टिनाका कयौँ कडा प्रहारहरूलाई लगातार विफल पार्दै आफ्नो टोलीको संकट सारेका थिए। उनको त्यही प्रेरणादायी प्रदर्शनका कारण खेल अतिरिक्त समयसम्म पुग्न सफल भएको थियो।

हाल मैदानमा अतिरिक्त समयको खेल जारी छ र अर्जेन्टिना २–१ ले अगाडि रहँदै जिततर्फ अग्रसर देखिएको छ। यस खेलको विजेताले क्वाटरफाइनल प्रवेशका लागि अन्तिम १६ मा इजिप्टको सामना गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट