Techie IT
२०८३ भाद्र २६, शुक्रबार

अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन: रोमेरोको गोलमा केप भर्डेविरुद्ध तेस्रोपटक अग्रता


फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत जारी ऐतिहासिक र अत्यन्तै रोमाञ्चक भिडन्तमा साविक विजेता अर्जेन्टिनाले केप भर्डेविरुद्ध खेलमा तेस्रोपटक अग्रता बनाएको छ।

मियामी स्टेडियममा जारी अतिरिक्त समयको खेलमा अर्जेन्टिनी डिफेन्डर क्रिस्टियन रोमेरोले सानदार गोल गर्दै टोलीलाई ३-२ को महत्त्वपूर्ण अग्रता दिलाएका हुन्। कप्तान लियोनल मेसीले प्रहार गरेको सटिक कर्नर बललाई रोमेरोले पोस्टको दिशा दिँदै जाली चुमाएका थिए।

यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्दै गोल थपेपछि खेल झन् तनावपूर्ण र रोमाञ्चक मोडमा पुगेको छ। रोमेरोको यस गोलसँगै अर्जेन्टिनाले खेलमा आफ्नो बलियो पकड बनाउँदै अन्तिम १६ को यात्रा सुनिश्चित गर्ने दाउ हेरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट