Techie IT
२०८३ भाद्र २६, शुक्रबार

गोल्डेन बुट र बल दुवैमा मेसीको एकछत्र राज


३९ वर्षको उमेरमा पनि उस्तै जादुयी लयमा देखिएका कप्तान लियोनल मेसीको दुई उत्कृष्ट असिस्टको मद्दतले साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। 

अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान भएको रोमाञ्चक तथा शारीरिक रूपमा निकै आक्रामक दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो। खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट इंग्ल्यान्डले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा ऐतिहासिक हार बेहोर्नुपर्‍यो। खेल सकिन पाँच मिनेट बाँकी छँदा मेसीको पासमा एन्जो फर्नान्डेजले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा ल्याए भने इन्जुरी समयको दोस्रो मिनेटमा मेसीकै क्रसलाई सदुपयोग गर्दै वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले हेडमार्फत निर्णायक गोल गरेर टोलीको जित सुनिश्चित गरे।

यो सँगै अर्जेन्टिना ६४ वर्षपछि लगातार दोस्रो पटक उपाधि रक्षा गर्ने ऐतिहासिक अभियानको नजिक पुगेको छ, जहाँ उसले आइतबार उपाधिका लागि स्पेनको सामना गर्नेछ भने पराजित इंग्ल्यान्डले तेस्रो स्थानका लागि शनिबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। 

यसै खेलबाट दुई असिस्ट थप्दै मेसी फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुटको होडमा शीर्ष स्थानमा उक्लिएका छन्। मेसी र एमबाप्पे दुवैको समान ८ गोल भए पनि ४ असिस्टका कारण मेसी प्राविधिक रूपमा अगाडि छन्, जबकी एमबाप्पेको ३ असिस्ट मात्र छ। ७ गोल गरेका नर्वेका एर्लिङ हालान्ड तथा ६/६ गोल गरेका इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङघम बाहिरिइसकेकाले मेसीले पहिलो पटक गोल्डेन बुट जित्ने सम्भावना बलियो बनेको छ।

यस विश्वकपमा मेसीले सर्वाधिक ३३ खेल खेल्ने, २१ गोल र ११ असिस्ट गर्ने जस्ता दर्जनौँ कीर्तिमान आफ्नो नाममा गरिसकेका छन्। सन् २०१४ र २०२२ मा दुई पटक गोल्डेन बल जित्ने विश्वकै एक मात्र खेलाडी बनेका मेसी यो कीर्तिमानी प्रदर्शनसँगै तेस्रो पटक पनि प्रतियोगिताकै उत्कृष्ट खेलाडी (गोल्डेन बल) बन्ने मुख्य दाबेदारका रूपमा अगाडि आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट