Techie IT
२०८३ श्रावण २४, आइतबार

विदेशी फ्रेन्चाइजमा चम्किँदै दीपेन्द्र, भ्यानकुभर एंकर्समा अनुबन्ध


नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा आयोजना हुने ‘क्यानडा सुपर ६०’ प्रतियोगिताका लागि भ्यानकुभर एंकर्समा आबद्ध भएका छन्। भ्यानकुभर एंकर्सले सामाजिक सञ्जालमार्फत दीपेन्द्रलाई टोलीमा अनुबन्ध गरेको आधिकारिक घोषणा गरेको हो। क्लबले उनको आक्रामक ब्याटिङ, उत्कृष्ट बलिङ र जादुमयी प्रदर्शन टोलीका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

क्यानडा सुपर ६० प्रतियोगिता सन् २०२६ को सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म आयोजना हुनेछ। पछिल्लो समय अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरूमा लगातार आफ्नो बलियो छाप छोड्न सफल दीपेन्द्रको यो नयाँ आबद्धताले नेपाली क्रिकेट समर्थकहरूमा थप उत्साह र उमङ्ग थपेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट