Techie IT
२०८३ श्रावण २३, शनिबार

वैतडीमा हुलाकमार्फत घरमै राहदानी पाउन थाले नागरिक, तीन महिनामा १७८ जना लाभान्वित


सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। यसबाट नागरिकले राहदानी लिन कार्यालय धाइरहनुपर्ने बाध्यता हट्दै गएको छ।

जिल्ला हुलाक कार्यालयका अनुसार बितेका तीन महिनामा १७८ जनाले आफ्नै घरमा राहदानी प्राप्त गरेका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीले कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरूको घरमै सेवा प्रदान गरिएको जानकारी दिएका छन् । उनले भने, “बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौँ।”

यस सेवामार्फत जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गरिएको छ। ९ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी प्रभावकारी रूपमा सेवा प्रवाह गरिएको प्रमुख कार्कीले बताए। त्यस्तै, दशरथचन्द नगरपालिकामा भने जिल्ला हुलाक कार्यालयले नै सोझes सेवा प्रवाह गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट