Techie IT
२०८३ श्रावण १०, आइतबार

पहलगाम आक्रमणका योजनाकार सुलेमान अपरेसन महादेवमा मारिए


जम्मु-कश्मीरको पहलगाममा तीन महिनाअघि भएको घातक आक्रमणका योजनाकार मानिएका लक्षर-ए-ताइबा समूहका कमाण्डर सुलेमान ‘अपरेसन महादेव’ अन्तर्गत मारिएका छन् ।

भारतीय सुरक्षाकर्मीहरूले सोमबार श्रीनगर नजिकैको डाचिगम जङ्गलमा संचालन गरेको उक्त अपरेसनमा सुलेमानसहित तीन जना मारिएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले स्रोतलाई उद्धृत गर्दै जनाएको छ । यद्यपि भारतीय अधिकारीहरूले उक्त अपरेसनबारे औपचारिक विवरण सार्वजनिक गरेका छैनन् ।

मृतकमध्ये दुई जनाको घटनासँग प्रत्यक्ष संलग्नता अझै पुष्टि हुन बाँकी रहेको बताइएको छ। अपरेसनमा मारिएका तीनैजना लक्षर-ए-ताइबासँग सम्बन्धित रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ।

यसअघि पहलगाममा भएको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको थियो। सुलेमानलाई सोही आक्रमणको नेतृत्वकर्ता मानिँदै आएको थियो। सुरक्षाकर्मीहरूका अनुसार घटनापछि फरार रहेका सुलेमानको खोजी जारी रहँदा अन्ततः उनी सोमबारको अपरेसनमा मारिएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट