Techie IT
२०८२ भाद्र १८, बुधबार

अमेरिकामा करिब ५०० पत्रकार बर्खास्त हुँदै


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनलाई सहयोग नगरेको आरोप लगाउँदै भ्वाइस अफ अमेरिका (VOA) का करिब ५०० पत्रकारलाई बर्खास्त गर्ने तयारी गरेको बताइएको छ।

यसअघि गत जुनमा ६३९ कर्मचारीलाई बर्खास्त गर्ने घोषणा भए पनि प्राविधिक कारण देखाउँदै स्थगित गरिएको थियो। यति ठूलो संख्यामा पत्रकार बर्खास्त हुने घटना विश्व पत्रकारिताको लागि अभूतपूर्व मानिएको छ।

तर, स्पेनिस भाषामा समाचार प्रसारण गर्ने क्युबा प्रसारण विभागमा कार्यरत पत्रकारहरूलाई भने निष्कासन नगरिने भएको छ । VOA को सञ्चालक समितिले संस्थागत सुधार र आर्थिक संकटबाट निस्कनका लागि यस्तो निर्णय गरिएको जनाएको छ। पत्रकार युनियनले भने यस निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

नाजी प्रचारको प्रतिरोध गर्न दोस्रो विश्वयुद्धको समयमा स्थापना भएको VOA अहिले एक प्रमुख अन्तर्राष्ट्रिय प्रसारक बनेको छ। हाल VOA ले करिब ५० भाषामा टेलिभिजन, रेडियो र डिजिटल सामग्री प्रसारण गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट