Techie IT
२०८३ असार २६, शुक्रबार

मृत्युदण्डको फैसलापछि शेख हसिनाबारे भारतको प्रतिक्रिया के छ?


बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको फैसलाप्रति भारतले प्रतिक्रिया जनाएको छ।

भारतमा निर्वासित जीवन बिताइरहेकी हसिनासम्बन्धी निर्णयबारे भारतको विदेश मन्त्रालयले सोमबार संक्षिप्त प्रतिक्रिया दिँदै बंगलादेशी अदालतको कदमबारे आफू जानकारीमा रहेको स्पष्ट गरेको हो।

विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘निकट छिमेकीका रूपमा भारत बंगलादेशका नागरिकको हित, शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरताप्रति प्रतिबद्ध छ। यस दिशामा भारत सबै सरोकारवालासँग निरन्तर रचनात्मक रूपमा संवाद गर्नेछ।’

यसअघि, बंगलादेशको विदेश मन्त्रालयले शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमाललाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको जनाएको थियो। साथै, उनीहरूलाई कुनै पनि देशले शरण दिएमा त्यसलाई अमित्र व्यवहार मानिने र न्यायको अवमाननाको गम्भीर कृत्य ठहरिने चेतावनीसमेत दिएको थियो।

बंगलादेशी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा, ‘हामी चाहन्छौँ कि भारत सरकारले यी दुवै दोषीलाई तत्काल बंगलादेशी अधिकारीकहाँ बुझाओस्। दुई देशबीच रहेको प्रत्यर्पण सन्धिअनुसार यो भारतको दायित्व पनि हो’ भनेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट