Techie IT
२०८२ मंसिर १८, बिहीबार

पब्जीको हतियार नचलाउ भन्दा श्रीमानले चलाए आफ्नै हतियार, श्रीमती ठाउँका ठाउँ ठहरै


भारतको मध्य प्रदेशस्थित रिवा जिल्लामा एक युवकले आफ्नी पत्नीको हत्या गरेको घटना बाहिरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार युवकलाई मोबाइलमा ‘पब्जी’ खेल्न रोक्नुले विवाद चुलिँदै गएपछि घटनाले रूप लिएको बताइएको छ।

घटनापछि आरोपी श्रीमान् कुनै जानकारी नदिई घरको कोठा बाहिरबाट बन्द गरी फरार भएको प्रहरीले जनाएको छ। भारतीय अनलाइन पत्रिका ‘ललनटप’ का अनुसार रिवा जिल्लाको गुढ थाना क्षेत्रअन्तर्गत गुढवा गाउँका निवासी रणजीतको विवाह २०२५ मे ५ मा नेहा पटेलसँग भएको थियो। विवाहपछि पनि रणजीतले दाइजोको माग गर्दै नेहासँग बारम्बार झगडा गर्ने गरेका थिए। कामधन्दा नगरी मोबाइल गेममा दिनभर बिताउने उनको बानीले दाम्पत्य सम्बन्धमा तनाव बढ्दै गएको परिवारले जनाएको छ।

समाचारमा जनाइएअनुसार घटना भएको राति रणजीत अबेरसम्म मोबाइलमा पब्जी खेलिरहेका थिए। पत्नी नेहाले पुनः उनलाई कामधन्दा खोज्न र गेममा बन्दुक मात्र नचलाउन आग्रह गर्दा उनी आक्रोशित बनेका थिए। त्यही क्षण रणजीतले गम्छाले नेहाको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

प्रहरीले घटनाका समयमा रणजीतका परिवारका सदस्यहरू अर्को कोठामा रहेकाले कसैलाई केही थाहा नपाएको जनाएको छ।

हत्या गरी फरार भएका रणजीतले पछि नेहाकी दिदीका पतिलाई मेसेज पठाएर ‘हत्या गरेको’ स्वीकार गरेका थिए। हाल उनी कहाँ छन् भन्ने पत्ता लाग्न सकेको छैन। प्रहरीले रणजीतको खोजी जारी राखेको र मृतक नेहाका माइती पक्षको बयान लिएर हरेक कोणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट