Techie IT
२०८३ असोज १८, आइतबार

देउवालाई फकाउनु भन्दा बाटो मै छोडिदिँनुस् - सभापति लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति शेरबहादुर देउवाको अलमल र प्रभावबाट मुक्त भएर अघि बढ्न सुझाव दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी रूपान्तरणका लागि नयाँ नेतृत्वलाई स्पष्ट अडान लिन आग्रह गरेका हुन्।

सम्बोधनका क्रममा लामिछानेले कांग्रेसभित्रको आन्तरिक गतिशीलतालाई जोड दिँदै भने, “शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा नै राम्रो हुन्छ, म कांग्रेसका साथीहरूलाई यो सुझाव दिन चाहन्छु।”

कांग्रेसको लामो र गौरवशाली राजनीतिक इतिहासको उच्च कदर गर्दै उनले अब पुराना कार्यशैली र नेतृत्वको दबाबबाट पूर्ण रूपमा मुक्त हुनुपर्ने बताए। कांग्रेसको इतिहास नै उसको सबैभन्दा ठूलो सामर्थ्य भएकाले सोही जगमा टेकेर बदलिएको राजनीतिक परिस्थिति र नयाँ पुस्ताको भावनाअनुरूप भविष्यको नयाँ यात्रा तय गर्नुपर्ने धारणा उनले राखे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट