Techie IT
२०८३ असार २४, बुधबार

पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको मृत्यु


पाकिस्तानमा अज्ञात बन्दुकधारीको आक्रमणमा पाँच जना प्रहरीको मृत्यु भएको छ। खैबर पख्तुनख्वा प्रान्तको कारक जिल्लामा आक्रमणकारीहरूले प्रहरी सवार गाडीमाथि अन्धाधुन्ध गोली चलाएका थिए।

आक्रमणपछि पाकिस्तानी सुरक्षा बलले घटनास्थल वरपरको क्षेत्र घेराबन्दी गरी अनुसन्धान सुरु गरेको छ।

घटनाको निन्दा गर्दै खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले दोषीहरूलाई कडा कारबाही गरिने बताएका छन्। राज्यमा कानून व्यवस्था कायम राख्नु आफ्नो सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै उनले यस्ता कायरतापूर्ण आक्रमणले सुरक्षा बल र सरकारको संकल्प कमजोर बनाउन नसक्ने स्पष्ट पारे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट