Techie IT
२०८२ माघ २, शुक्रबार

इन्जिन कार्गो कन्टेनरमा फसेपछि


File photo

विमानको इन्जिन कार्गो कन्टेनरमा फसेको घटनालाई लिएर भारतीय उड्डयन नियामकले छानबिन सुरु गरेको छ। इरानले केही समयका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेपछि दिल्लीबाट न्यूयोर्कतर्फ उडेको एयर इन्डियाको विमान बिहीबार उडान भरेको केही समयमै पुनः दिल्लीस्थित विमानस्थल फर्किएको थियो।

विमानले सुरक्षित रूपमा अवतरण गरेपछि धावनमार्गबाट पार्किङ क्षेत्रतर्फ लैजाने क्रममा दुर्घटना हुन पुगेको हो। विमानमा करिब २४० जना यात्रु सवार थिए भने कति जना चालक दल (क्रु मेम्बर) थिए भन्ने विवरण खुल्न सकेको छैन।

यस क्रममा विमानको दाहिने इन्जिन कार्गो कन्टेनरमा अड्किएको थियो। सो समयमा विमानस्थल क्षेत्रमा बाक्लो कुहिरो लागेको र भिजिबिलिटी निकै कम रहेको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)ले जनाएको छ।

घटना स्थानीय समयअनुसार बिहान करिब ५ः२५ बजे भएको बताइएको छ। प्रारम्भिक जानकारीअनुसार जमिनमा कार्गो तानिरहेको सवारी साधनबाट कार्गो कन्टेनर अचानक खसेको थियो।

एयर इन्डियाका प्रवक्ताका अनुसार विमानस्थलभित्र सामान तथा कार्गो ओसारपसार गर्न प्रयोग गरिने गाडीले तानिरहेको कार्टबाट पाङ्ग्रा निस्किएपछि कार्गो कन्टेनर खसेको हो।

विमान पार्क गर्दै गरेको देखेपछि चालकहरू त्यहाँबाट गएका थिए। तर, खसेको कन्टेनर त्यहीँ पछाडि छोडेको र पछि विमानको नम्बर–२ इन्जिनमा गएर अड्किएको एयर इन्डियाले बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट