Techie IT
२०८३ जेष्ठ ११, सोमबार

कोरियाली सामानमा भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँग भएको द्विपक्षीय व्यापार सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै केही कोरियाली सामानमा भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत ट्रम्पले दक्षिण कोरियाली सवारीसाधन, काठ, औषधि तथा अन्य पारस्परिक शुल्क लाग्ने सबै वस्तुमा दर वृद्धि गरिने उल्लेख गरेका छन्।

अक्टोबर २०२५ मा ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङबीच भएको सम्झौताअनुसार अमेरिकाले दक्षिण कोरियाबाट हुने आयातमा १५ प्रतिशतको एकमुष्ठ भन्सार शुल्क लगाउने सहमति भएको थियो। उक्त दर ट्रम्पले यसअघि चेतावनी दिएका स्तरभन्दा १० प्रतिशत बिन्दुले कम थियो।

यसको बदलामा दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट